काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार–विमर्श गरेको छ । पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो । बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरुले आफ्नो धारणा राखेको जसपाका…