काठमाडौँ । राजनीतिक दलहरूबीच अबको सरकार संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत बन्ने कि ३ अन्तर्गत भनेर बहस चलिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले अन्यौल प्रकट गरेका छन् । गृहजिल्ला तनहुँको एक टोलीसँगको बुधबार शीतल निवासमा भएको अनौपचारिक भेटघाटमा राष्ट्रपति पौडेलले संविधानको कुन धाराअन्तर्गत नयाँ सरकार गठन हुन्छ भन्नेबारे अन्यौल व्यक्त गरेको एक सहभागीले बताए…