काठमाडौं । आगामी फागुन ७ गते प्रारम्भ हुने महासमिति बैठकको तयारीकाे लागि नेपाली कांग्रेसले मूल समितिका विभिन्न उपसमितिका संयोजकहरू चयन गरेको छ । मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले उपसमितिको संयोजक चयन गरी जिम्मेवारी सुम्पिएका हुन् । देउवाले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिमा उदय…