जनमत पार्टी सङ्घीय सरकारबाट नबाहिरिने

काठमाडौं । जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ । समसामयिक राजनीतिबारे छलफल गर्न बसेको जनमत पार्टीको सचिवालय बैठकले सङ्घीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो । मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत सङ्घीय सरकारबाट बाहिरिने हल्ला चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो । बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने…