नीति तथा कार्यक्रम : मुद्दा फछ्र्योटमा तीव्रता दिइने

काठमाडौँ । सरकारले न्यायपालिकालाई साधन स्रोत सम्पन्न बनाई विचाराधीन मुद्दाको शीघ्र फछ्र्योट गर्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आव २०८१-८२ को वार्षिक नीति तथा कार्यकममा सर्वोच्च अदालतको कार्यबोझ घटाउन आवश्यक पहल गरी कार्यविधि सरलीकरण गरिने उल्लेख छ । “न्यायिक सुधारलाई निरन्तरता दिँदै…