पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री यादव

भक्तपुर । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको फुटले सरकारलाई कुनै असर नगर्ने बताएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उपप्रधानमन्त्री यादवले भने, “हामी स्थिर सरकारका पक्षमा छौँ, हामीले जहिले पनि स्थिरता खोजेका छौँ, त्यो दायित्वबाट पछि हट्दैनाैँ, हामीले सरकारलाई दिएको समर्थन जारी छ,…