काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकबाट देहाय बमोजिम कार्यान्वयनका लागि नेपाल सरकार र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । निर्वाचनको व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन…