कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकास र समृद्धिका लागि सबै जुट्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको तेस्रो अधिवेशनको सातौँ बैठकमा उनले प्रभावकारी संयोजनद्वारा मात्र जनताका आशा पुरा गर्न सकिने उल्लेख गरे । मुख्यमन्त्री कँडेलले भने, ‘हिजो प्रश्न सोध्ने ठाउँबाट आज जवाफ दिने ठाउँमा आएको छु । जनअपेक्षा…