ओलीलाई नौ वर्षीय बालकको पत्र : पेट पाल्नका लागि विदेश जानु नपरोस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा मंगलबार सुर्खेतमा रहेका ओलीलाई बालकले आफू र आफूजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दा विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न तथा स्वदेशमै कमाउने वातावरण बनाउन आग्रह गरेका हुन् । अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका…