काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर स्वामित्व खरिद बिक्री अस्वाभाविक भएको भन्दै अनुसन्धान गर्नुपर्ने औंल्याएकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई पत्र लेख्दै उनले एनसेलको सेयर स्वामित्व खरिदबारे अनुसन्धान गर्न ध्यानाकर्षण गराएकी हुन् । उनले यो विषयमा समितिमा छलफल गर्नुपर्ने माग…