राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको सरकारको प्रवक्ता रेखा शर्माले बताइन् । नेपालको संविधानको धारा ८६ को उपधारा ३ बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन,…