काठमाडौँ। एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनोट गर्दैछ । मंसिर २७-२९ गतेमा काठमाडौँमा हुने पार्टीको महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न लागिएको हो। एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा ११ मंसिरमै सहमति जुटेको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज…