महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । माघ ११ गते प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बस्नेतले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै बुधबार बस्नेतविरुद्ध मुद्दा दायर भएको हो । उक्त मुद्दामा आगामी चैत १ गतेका लागि सुनुवाइ तोकिएको छ । बस्नेतविरुद्ध अधिवक्ता अवन न्यौपानेले मुद्दा दायर गरेका…