एमाले महाधिवेशन : आठ जिल्लामा प्रतिनिधि टुंगो लाग्न बाँकी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा आठ जिल्लामा समस्या आएको छ । जिल्लाबाट उजुरी आएपछि प्रतिनिधि छनौटको टुंगो लाग्न नसकेको एमाले नेताहरुको भनाइ छ । महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले आठ जिल्लामा प्रक्रियागत ढङ्गबाट प्रतिनिधि छनोट हुन नसक्दा केन्द्रीय कार्यालयमा उजुरी आएको बताए ।…