काठमाडौं । आइतबार बिहानका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने गरी आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक आइतबार अपरान्ह ३ बजेका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आइतबार बिहानका…