कोसीमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी

विराटनगर । कोसी प्रदेशसभाको बैठक आउँदो कात्तिक १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी बैठक कात्तिक १ गते बुधबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरिएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन्…