काठमाडौं । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । उहाँले आउँदो फागुन २१ गतेको चुनावलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउनुलाई पहिलो प्राथमिकतामा राखेर प्रतिबद्धता सार्वजनिक गरेका हुन् । दोस्रोमा भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गराउने प्रतिबद्धता छ । मुख्यसचिव अर्यालले निजामती सेवालाई जनउत्तरदायी, सदाचारयुक्त र आधुनिक प्रविधिमा आधारित…