एमाले सचिवालय बैठक गुण्डुमा दिउँसो १ बजे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा दिउँसो १:०० बजे बैठक बस्ने बैठकमा नेताहरूको कार्यविभाजन मुख्य एजेन्डा भएकाले सो पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए । यही जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजलाई सारिएको थियो ।…