काठमाडौं । सरकारले नेपालको संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सालाई छिमेकीहरुले सम्मान गर्नु पर्ने बताएको छ । २८ अगस्टमा चीनले जारी गरेको नयाँ नक्साका बारेमा आफ्नो धारणा स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले संसदले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट रहेको बताएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्दै भनेको छ,…