सङ्घीय संसदको तेस्रो अधिवेशन आजदेखि

काठमाडौं । सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अधिवेशन आज अपराह्न ४ बजेका लागि आह्वान गरेका हुन् । नेपालको संविधानले माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन कार्यतालिका बनाएर अघि…