मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङलाई मन्त्री बनाउँछु: प्रधानमन्त्री दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने र तामाङ समुदायबाट मन्त्री नियुक्त गर्ने बताएका छन । आज (शनिबार) सोनाम ल्होछारको अवसरमा तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले संघीय मन्त्रिपरिषद पुनर्गठन हुने र बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री…