जेलमा रहेका पूर्वगृहमन्त्री खाँणलाई काँग्रेसले गर्‍यो सम्मान

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ। नक्कली भुटानी शरणार्थी बनाउने काममा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागारमा थुनामा रहेका खाँडलाई शनिवार सम्मान गरिएको हो । पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन्। रामकृष्ण रुपन्देही काँग्रेस सभापति पनि हुन्।…