मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न एमालेले संसद् अवरुद्ध गर्‍याे : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी एमालेसहितका दलले संसद् अवरोध गरेकाे आरोप लगाएका छन् । आज माओवादी केन्द्रसम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले एउटा पुस्तक विमोचनमा सन्दर्भवस भनेको कुरालाई बंगाएर संसद् अवरुद्ध गर्ने कोसिस भइरहेको बताए । 'खासमा यसको अर्थ अर्कै छ, मिटरब्याजीहरूलाई…