नाउपाको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । टीकापुरमा जारी महाधिवेशनमा निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन…