लुम्बिनी प्रदेशका एमाले सांसद रेखा शर्मा पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शर्मालाई गएराति काठमाडौं धुम्बाराहीको घरबाट पक्राउ गरेको हो । २०८१ जेठमा काठमाण्डौ महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो । दाङकी ती नाबालिकालाई शर्माले घरेलु कामदार बनाएर हिंसा गरेको आरोप थियो । त्यतिबेला मेयर रहेका…