काठमाडौं । एमालेले निकै तामझामका साथ आज घोषणा गरेको नेसनल भोलेन्टियर्स फोर्स’को कमान्डर नै ७ वटा फौजदारी मुद्दाका अभियुक्त रहेको खुलासा भएको छ । प्रहरीको सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम)मा श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योगदेखि अपहरणसम्मको मुद्दा चलेको भेटिएको छ । श्रेष्ठविरुद्ध ४ वटा ज्यान मार्ने उद्योगको कसुर, २ वटा सार्वजनिक अपराध (अभद्र व्यवहार) र १ अपहरण…