काठमाडौं । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । अस्ति शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार हिजो कार्यसूची विवरण सार्वजनिक गरिएको हो । मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरू :- (क) साझा प्रतिबद्धता, समन्वय र जनविश्वास १) संवत् २०८२ फागुन २१ मा सम्पन्न आमनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सफलतापूर्वक…