प्रधानमन्त्री दाहाल र सभापति लामिछानेबीच बालुवाटारमा के कुराकानी भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा द्विपक्षीय छलफल भएको बताइएको छ। ‘रवि लामिछाने चितवन २ बाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई, शुभकामना दिनुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘उहाँहरूबीच एजेन्डागत छलफल त थिएन तर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भयो।’सचिवालयका अनुसार…