काठमाडौँ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसहित मोर्चामा सहभागी अन्य दलका शीर्ष नेताहरू बैठकमा सहभागी छन् । बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने छ । असार ४ गते गठन…