काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको इतर समूहले बोलाएको बैठकमा सहभागी भएनन् । महासमिति बैठकबाटै पार्टीको नीति, गति र मति उपर साझा दृष्टिकोण निर्माण हुनुपर्ने उनकाे भनाइ छ । शर्माले इतर समूहलाई आज घुमाउरो तरिकाले तीनवटा ट्विट लेख्दै आफ्नो धारणा प्रष्ट्याएका छन् । उनले पार्टी महामन्त्रीको जिम्मेवारीप्रति आफू सजग रहेको उल्लेख गरेका छन् ।…