प्रधानमन्त्री भदौ ३० गते अमेरिका जाँदै, असोज ५ गते चीन प्रस्थान गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाने भएका छन् । राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट सिधै…