मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति

काठमाडौं । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आइतबार नै पारित गर्ने सहमति भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएको हो । प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीका अनुसार मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । मिटरब्याजसम्बन्धि कानुनी व्यवस्था गर्नका…