काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले साझा मुद्दा र लक्ष्य टुंगो लगाएको छ । आइतबार बसेको चार दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकता सहितको १५ बुँदे प्रतिबद्धता तय गरेको छ । ‘मोर्चा निर्माण भइसकेपछिको अवस्थामा समितिले निर्णय…