काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि शनिवार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान साढे ८ बजेका लागि तय भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयनलगायत विषयमा छलफल हुने बताइएको छ…