काठमाडौं । संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक अहिले बसिरहेकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल केहिबेरअघि सुरु भएको हो । बैठक मुख्यगरी सदन सुचारु गर्ने विषयमा केन्द्रित छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट…