काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु भोलि (शुक्रबार) नेपाल आउँदै छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै सहायक विदेश मन्त्री लु शुक्रबार काठमाडौं आउने जानकारी दिएको हो । यसैगरी काठमाडौँमा रहँदा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने समेत दूतावासले जनाएको छ । अमेरिकन चेम्बर अफ कमर्शको…