प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जननिर्वाचित प्रतिनिधिसभाको सर्वाेच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् ।  आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले संसदकै अपमानित गरेको उनको भनाइ छ । यसप्रति सांसदहरुको गम्भीर ध्यान जाने महासचिव पोखरेलले बताए ।  ‘जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र…