कोशीमा सरकार गठन गर्न प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरूको बैठक आह्वान गरेका छन् । सोमबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक आह्वान गरिएको उनको सचिवालयले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बताइएको छ । गठबन्धनभित्रको पछिल्लो अवस्थाबारे पनि आजको बैठकमा समीक्षा हुने एक नेताले जानकारी दिए ।…