काठमाडौँ । प्रतिनिधिसभा गठन भएको ६ महिनापछि अर्थात् आज (मङ्गलबार)देखि संसदीय समिति क्रियाशील हुने भएको छ । सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान ९ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए । उनको सुझावअनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक…