काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज (सोमबार)बस्दै छ । बैठकले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध परेका उजुरीको अध्ययनसम्बन्धी निर्णय गर्ने बताइएको छ । संवैधानिक परिषद्को गत वैशाख २५ गते, सोमबारको बैठकले सर्वोच्चका कामु प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। आइतबार मात्रै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो । न्याय परिषद्…