कांग्रेस गण्डकी संसदीय दल चुनाव १५ पुसमा

पूर्वीनवलपरासी । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा संसदीय दलको निर्वाचन आगामी मंगलबार हुने भएको छ । निर्वाचनका लागि कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा शुक्रबार ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिका अन्य सदस्यमा पार्टीका गण्डकी प्रदेशका सहमहामन्त्रीद्वय रमेश पाण्डे, कोपिला रानाभाट र अधिवक्ताद्वय फणीन्द्र कोइराला र मणि दाहाल रहेका छन् । संसदीय…