जनमत प्रतिनिधिलाई दुईवटा बुथमा जान नदिइएकाे सिके राउतको आरोप

बारा । जनमत पार्टीका अध्यक्ष सिके राउतले बाराका दुईवटा बुथमा आफनो प्रतिनिधिलाई प्रवेश गर्न नदिएको आरोप लगाएका छन् । बिहानै गढीमाई दर्शन गरेर मतदान केन्द्र घुम्न निस्केका राउतले जनता समाजवादी पार्टी, नेपालले दुईवटा स्थानमा बुथ कब्जा गरेकोसमेत आरोप लगाएका छन् ।  ‘पचरौता नगरपालिका बेलडाडीमा हाम्रा प्रतिनिधिलाई छिर्न दिईएको छैन, त्यस्तो अवस्था देबताल झिपकैया बुथमा पनि देखिएको छ,’…