संवैधानिक परिषद् बैठक निष्कर्षविहीन

काठमाडौँ । संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी…