काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम नेकपा एमालेमा फर्किन तयार भएका छन् । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेर हद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले आफू एमालेमा फर्किन तयार रहेको बताएका हुन् । बुधबार अपरान्ह संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार…