काठमाडौं । नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो । बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी दिने तयारी छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार पार्टीले जसपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको…