राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन हुँदै, नाम सच्याउन पाँच निवेदन

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदाता नामावली संशोधनका लागि पाँच वटा निवेदन परेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले बुधबार प्रकाशित गरेको मतदाता नामावलीमा नाम समावेश तथा नामावली सच्याउन पाँच जना सांसदले निवेदन दिएका हुन् । सहायक निर्वाचन अधिकृत अमृता शर्माका अनुसार बुधबार ११ बजेदेखि बिहीबार १२ बजेसम्म दिइएको दाबी विरोधको उजुरीको समय सीमाभित्र एक जनाले…