पत्नी आरजुमार्फत प्रधानमन्त्री देउवाले गराए उम्मेदवारी दर्ता

डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी उनकी पत्नी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएकी हुन्। आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् । प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले…