काठमाडौं । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। आइतबार नै टुंग्याएको सूची सोमबार बुझाइएको हो। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकबाट उम्मेदवारको नाम टुंगो लगाएको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ। उपमहासचिव पृथ्वीसुब्बा गुरुङकका अनुसार एमालेले…