इमानदार भएर काम गर्नेछु : उपसभामुख मगर

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ विपक्ष दलका सांसदहरूले समेत उठाएका इस्युहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमानदार प्रयास रहने बताइन् । उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसदको कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत…