बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल रुपन्देही निर्वाचन-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सर्वसममत रुपमा सिफारिस भएका छन् । क्षेत्रीय कमिटीको बैठकले पौडेलको एकल नाम सिफारिस गरेको हो । पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर रुपमा यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा उनले काँग्रेसका नेता सूर्यप्रसाद प्रधानलाई हराएका…