नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा राखेको धारणा सम्माननीय सभामुख महोदय, (१) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि गरिमामय सदनको यो बैठकमा प्रस्ताव प्रस्तुत गर्नु भएको छ । (२) हामीले पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने गरि मिश्रित निर्वाचन…